जेलिएको सम्पत्ति

In Nepalese Language

यता जाली उता जस्ता 

आफ्नै मात्र गर्छन वास्ता 

छर-छिमेकलाई सोच्दै सस्ता 

आफ्नो सुरक्षा अरुको बेवास्ता। 

यता जस्ता उता जाली 

ढाक्छन छोप्छन सम्पत्ति जाली 

थरीथरी गरी झेली 

छलेर लुटछन गरीबलाई पेली। 

रंग-बिरंगी थरी-थरी घर 

अरुलाई उछिन्दै उचालिने रहर 

अदृश्य किरोले फैलाउँदा कहर 

डरमा भर दिने न घर न रहर।  

जस्ता र जाली सबै फाली 

खुलस्त रहे फुल्छ हरियाली 

बटुवा छिमेकीको प्रशंसा ताली 

मिल्नेछ जीवनको साँचो खुशियाली। 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s