अदृष्य वाचक – प्रष्ट प्रसार

In Nepalese Language

हालको विश्वव्यापी विपदाले, अहिलेको अती-शहरीकरणको गती विरुद्ध, 

चिच्याउँदै प्रसार गरिरहेको सचेतना-संदेश सुन्दै हुनुहुन्छ? 

प्रकृती प्रदत्त दिगो उन्नतीको बाटोमा उक्लिँदै जानको निम्ती 

विवेकशील बनेर नैतिकतालाई आधार बनाउन जरुरि बन्दछ। 

यसभन्दा अलग आधारमा परिकल्पना गरिएका 

द्रूत, क्षणिक, स्वार्थी  र प्रकृती सित जोरी खोज्ने प्रकारका 

उन्नतीका योजनाहरुले, ढिलो-चांडो स्वभावत: 

विकास होइन हतास विनास, सम्पत्ती होइन आपत्ती विपत्ती, 

शान्ती होइन भ्रम भ्रान्ती, विश्राम होइन आकूल व्याकुलता, 

शितल स्वास्थ्य होइन तनावको जलन ल्याउँदछन्। 

विकल्प हाम्रै सामुन्ने छन्, रोज्ने हामी आफैंले हो –

प्रकृती संगको गती वा उग्र महत्वाकांक्षाको मती?

सहयात्रीलाई उछिन्ने बिमती वा सहमतमा हुने उन्नती?

खतीको निती बोकी आफैंलाई क्षती वा मिलापको सुमती?

फूलहरु तोकेको याममा फक्रंछन्, दिइएको लयमा झुम्दछन्।

Natural Gift

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s