In Nepalese Language

प्रकृती हाम्रो दास होइन, तर हामीलाई हुर्काउँदै अघी डोर्याउने अविभावक हो। भलो चाहने अविभावकले हठी सन्ततीलाई उपयूक्त अनुशासनको प्रयोगद्वारा सच्याउने अविभारा पनि इमान्दारीपूर्वक निभाउँदछ। यसकारण हाम्रो संस्कारले सिकाएको नैतिकताको आधारमा हामीले प्रकृतीको कदर, वास्ता र देखरेख गर्नुपर्दछ। हामीले प्रकृतीको चालमा चाल मिलाएर संगसंगै हिडनु पर्दछ, न कि यसलाई उछिन्ने महत्वाकांक्षामा यसको अती-दोहन गर्ने। प्राकृतिक ठहरको गतीलाई बेवास्ता गर्दै, लालची महत्वाकांक्षाको पासोमा झुण्डिएर, द्रूत-उन्नतीको चोरबाटो छिर्नेहरु कसैले पनि, दीगोपनको दूरगामी उन्नती हासिल गर्न सक्दैन। जीवनादाताले हामीलाई सुख र शान्तीको सामाजिक जीवन प्राप्त हुन सकोस् भनेर, स्थापित गरिदिएको प्राकृतिक व्यवस्था अनुरुपको चालमा अघी बढ्दै, प्रकृतीले प्रदान गर्ने प्रशस्तीको शितलता रसपान गर्ने वा त्यसको बेवास्ता गर्दै प्राकृतिक विपदाको पीडा निम्त्याउने, छनोट हाम्रो आफ्नै हातमा छ।
प्रकृतीलाई पछार्न खोज्ने प्राणी आफैं पछारिन्छ, यसलाई पछ्याउनेलाई यसैले परिपूर्ण पारेर पहि~याउंदछ।
प्रकृतीको विधीलाई पछ्याउने साधारण अनि क्षणिक अस्तित्वको फूल हेर्नोस् त, कति सुन्दर, निश्चल र सुखदायी छ। मानिसमा मुस्कान भर्ने जिम्मेवारी पूरा गर्छ अनि आफैं बिलाउँछ।