In Nepalese Language

व्यस्त विश्व फराकीलो फुरसतमा छ
फुरसत चाहिं बौलाउने व्यस्ततामा छ।
बन्दाबन्दी फराकीलो गरी सर्वत्र फैलिएको छ
फराकीलो बाटो पाइला नछिर्नेगरी साँघुरिएको छ।
—
अदृश्य भाइरसे अनुवस्तु कता छ कता छ
त्यसको सुलसुले त्रासमा चुर्लुम्म विश्व नै हतास छ।
कलकारखाना घोर निंद्रामा, आफिस अड्डा हल्कामा
व्यस्तता घर बिदामा, आर्थिक पाटो बिरामी बिदामा।
—
धनी-मानीलाई सरकारी पास, गरीबहरुलाई न बास न गाँस
नेता हाकिम भ्रष्टाचार पास, बिरामी बटुवालाई भाटाको त्रास।
भरिभराउ शहरको एक्लोपनमा हरेक प्रहर तनाव र डर
स्नेही छर-छिमेकमा गाउँको सानो झुपडी ठहर्छ न्यानो घर।
