गर वास्ता, गम्भीर छ अवस्था

In Nepalese Language

धर्मको मर्म नै मार्ने धर्माधिकारीको झारो टार्दै पर्म भर्ने कर्मको कारण धर्म नै शर्ममा परेको अवस्था। 

सर्वकर्ताले दानमा दिएको दैवी दर्जाको अधिकारलाई दीनतामा रही गर्नुपर्ने कार्य नै नगरेको अवस्था।

हरेक मानव विवेकमा व्याप्त जीवन संचालन पद्दतीको प्रसारण प्रति बहिरो बनी अटेर गरेको अवस्था। 

परिणाममा, प्राप्त आदेश नटेरेर पनि अभिमानीले पछुतो नगर्दा, जीउने अधिकार नै खोसिने अवस्था। 

आस्था, वास्ता, सारालाई सस्ता बनाएर बस्ताभित्र कोची कोची हालेर बेवास्ताको बन्दी पारेको अवस्था।

सुसिद्धान्त र नैतिकताको पक्षधरलाई अपवाद बनाएर, छलीको हालीमुहालीमा विवेक डामेको अवस्था। 

सेवकको आवरण धारण गर्दै अधिकारको आसन पदार्पण पछि सेवाग्राहीको शोषण गरिरहेको अवस्था। 

नीति नियम विधी विधान न्याय धर्म सबैको मर्ममा मनपरी प्रहार गर्दै व्यवस्थाको हारमा रमेको अवस्था। 

यस्तो अवस्थाहरुको झापडले सोच चित्त व्यवहार सुधारको चेतावनी दिंदै सच्चिने मौका दिएको अवस्था।

विवेकको बोली सुन्दै, धर्ममा नम्र बन्दै, वायु जल जमीनको कदरपूर्ण समुचित उपयोग गर्नु पर्ने अवस्था।

ढोंगी संस्कारको वहिष्कार, अर्थपूर्ण सामाजिक सुसंस्कारको लगातार गर्दै, प्रकृति पक्ष बन्नु पर्ने अवस्था।

अब पनि निर्बुद्धी झैँ स्वार्थ, लालच, र दामको छलछाममा भ्रष्टाचार लिप्त रहे निश्चित छ नाशको अवस्था।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s