विकासको आस

In Nepalese Language

बिता पल भइगयो इतिहास 

सदा होस आउनेको आस,

आशा नभए सबै नै हताश 

हताशको फसलमा विनाश।  

भोलिको आसमा रसिक रस 

आशाले सिंचित जीवको स्वास,

देह त स्वासको छोटो प्रवास

सत्कर्मले बन्छ प्रवास विलास। 

—  

रोजौं स्वार्थी अहंकारको नाश

बनौं नम्र र ओमकारको खास, 

गरौँ, दिलाउँ र फैलाउँ आस  

बनिंदै बनाउँ यो समाज सरस।

रुढीको कारक प्रकृति विनाश 

जगमा जीव र निर्जीवको बास,

जीव जीविकाको प्रकृतिमा रास

मिलेर गरौँ प्रकृति पक्ष विकास। 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s