In Nepalese Language

पृथ्वी प्रारम्भमा पृथ्वीपतिको संचार:
‘मान्छेले गरोस् पृथ्वी बगैंचाको संभार
प्रकृति संगै मानिस बनोस् जिम्मेवार,
ज्ञानी बनी गर्नु यो पृथ्वीको हेरबिचार’।
—
प्रकृति सधैं अचूक रहेकोछ जिम्मेवार
योजनाकारको खटनमा गति लगातार,
तोकिएको प्रणालीबाट चुक्दैन रत्तिभर
सृष्टिकर्ताको इच्छालाई सदैव शिरोपर।
—
मानिसले जो पायो इच्छा गर्ने अधिकार
इच्छामा घुस्यो नीच अपराधी कुविचार,
मालिक संग जोरी खोज्ने चाहको शिकार
लालचले पितासितको सम्बन्धमा विकार।
—
प्रकृति संग मानिसले बन्नुथियो साझेदार
अतिदोहनको कार्यले पार्न थाल्यो लाचार,
प्रकृतिको प्रतिक्रिया हो प्रणालीगत प्रहार
पृथ्वीका सबै जीव भोग्छन प्रकृतिको मार।
—
मान्छेलाई ईश्वरको कृपामा प्यारको पुकार
फर्की आउँन गर्दै आफ्नो अपराध स्वीकार,
सम्बन्ध सुधारमा मिल्नेछ शुरुको अधिकार
पिता-पुत्रको मेलमा सृष्टिमा गुञ्जिन्छ झंकार।
