प्रकृतिसंग गलफतीको गति

अनादि सर्वोच्च आत्मा, सदैव वर्तमान, स्नेही, अरुपी

सम्पूर्ण सृष्टिका कर्ता, संरक्षक, स्वामी, न्यायी एकाकी

सिद्ध सत्य, करुणाका खानी, अभेद्य ज्ञान-शक्तिधारी,

तिनले तोके नरनारी सुन्दर प्रकृतिको सुभोगी प्रभारी।    

—   

अति सुन्दर प्रकृति मनकारी कर्ताको धन्य कारिगरी,

कर्ता प्रतिरुपमा अझ सुन्दर अत्योत्तम बनिए नरनारी 

तोकिए प्रकृति-संरक्षक बन्दै सिद्ध आत्माको सहचारी

स्वेच्छाको अधिकार दुरुपयोग गर्दै चुके लोभमा हारी।

वाह नश्वर ! तिमीले त ईश्वरलाई नै आफ्नै स्वर दियौ, 

उनको वरको नजरै नगरी आफ्नै ठहरको गरिदियौ;

आफ्नै सर्जकको स्वामी बन्ने कस्तो नीच रहर लियौ,  

ईश्वरलाई कठपुतली बनाई धर्मलाई भ्रष्ट स्वरुप दियौ। 

शास्त्रादि सबैको दीक्षामा मेलमिलाप र भाइचारा, 

आडम्बरी शास्त्रीको शिक्षामा छुवाछूत र भाइमारा,    

सबै ईश अवतारको चरित्रमा ती छन्  प्रेमका न्यारा, 

धर्मलाई भने धनसम्पत्ति र मानसम्मान मात्रै दुलारा।

सृष्टिमा प्रशस्तै जोहो छ सबै प्राणीलाई पुग्नेगरी चारा, 

सोझा निर्धाहरुको खोसी थुपार्ने लालची धूर्तको पारा, 

स्वयं प्रकृतिले पूरा गर्नेछ न्याय सन्तुलनको अभिभारा, 

धूर्त लालचीले भोग्नेछ उचित प्राकृतिक दण्डको पहरा।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s