सन्तको मुखौटो ओढी भोट माँगे,
टोलमा विकासको योजना टांगे;
भोट सोरेपछि छिमेकलाई त्यागे,
डाकाको लँगौटी बाँधी चोट दागे।
—
विकासको नारामा छलीको पारा
जननेता टाढा जन चाहिं बेसहारा,
नेता-नाताको हात नोटको फुहारा
जनतालाई हम्मे छ जुटाउन चारा।
—
फेरि रच्दैछन भोट सोर्ने तिकडम
जोरहात जनता भुलाउने सरगम,
जनताको कर सिध्याउने बेसरम
यी दुष्टको छलमा जनता नपरम्।