सोच मित्र सोच मनभित्र
सोच पवित्र अनि सचित्र
सोच पद्य वा गद्यमा सूत्र
वा उत्पन्न होस् सुरचित्र।
—
सोचको मुहान मस्तिष्क
प्रयोग बिना बन्छ शुष्क
लक्ष बिना सोच अस्पष्ट
बरालिएर बन्छ यो भ्रष्ट।
—
सोच प्रेरक तत्व हो सृष्टि
प्रकृतिमा छ ज्ञानको वृष्टि
चाहिन्छ केवल इच्छा दृष्टि
प्राप्य बन्छ अथाह सन्तुष्टि।
—
सोचको फल फैलाउ मित्र
गुम्सिन नदेऊ यो मनभित्र
बनेपछि सोचको शब्दचित्र
फैलिन्छ त्यो अरु मनभित्र।
—
सोच विचार सुन अग्रजको
र सुन्न पर्छ सोच अनुजको
लिने तर जाँचेर स्व-मनको
नबनोस् यो पीडाको रन्को।