‘हेर ती नयाँ भइसके’
पुराना नाम हटिसके
बन्धन सारा टुटिसके
बाटो नयाँ भेटिसके।
—
नयाँ जीर्णमा टाँसिन्न
मेल यिनको हुँदैहुन्न
फाटेर दुवै छिन्नभिन्न
नयाँ आफैंमा सम्पन्न।
—
नयाँ मद्य राख्ने भाँडो
नयाँ फेरिनुपर्छ चाँडो
पुरानो त्यो बन्छ घाँडो
खेर दुवै मद्य र भाँडो।
—
जो पुरानो रसमा रम्छ
त्यसैमा उ मस्त हुन्छ
नयाँ बेस्वादको ठान्छ
भन्छ ‘पुरानै असल छ’।
(भाव श्रोत: २ कोरिन्थी ५:१७; लूका ५:३६-३९)
गीत नै बनाउन मिल्ने सुन्दर अभिव्यक्ति!
LikeLiked by 1 person
धन्यवाद सर उत्साहप्रद टिप्पणीको निम्ति। सुनिल भाइले जाँगर चलाएमा गीत पनि बन्ला।
LikeLike