सार्थक सन्तति

जननि माईलाई पीरले पिराइ  

पराई देशको शहरतिर धाइ 

आफ्नो भाषा संस्कार लत्याई

सन्तति स्याहार्छ विदेशीलाई। 

पापा ल्याइदिने आफ्नै आप्पा

सन्तानले हेर्दैन उस्को बुढापा

भन्छ विदेशमा पैसा छ झुप्पा

बाको मायालाई दिन्छ लोप्पा। 

आमाको काख अटेन छोरो 

मातृ-मुटुमाथि भारी लोहोरो

केवल भिडियो दृश्य दोहोरो

स्पर्श चाहमा दूरीको पहरो। 

रुपियाँ पैसाको त होला जोहो

तर नियाँस्रो त छोरोको पो हो

बुढापाको लहुरो छोरो जो हो 

सन्तति साथ नभै पैसो के हो?

सृष्टिको खटनमा निर्दिष्ट स्थान 

अनि परिवार हो ईश्वरको दान

जन्मस्थान र घरको सुसम्मान

गरेर बढ्दछ परिवारको सान।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s