आफ्नै गाउँ रोजौं मित्र

In Nepalese Language

शहरमा कहर

शहरको रहर नबोक मनभित्र मित्र 

फोहोरको रासले जहर छ यो भित्र 

भ्रष्ट अनि डाँकाको त्रास छ यत्र-तत्र

प्रदुषण र रोगको सन्त्रास छ सर्वत्र

दैनिक बढ्दो महंगीको राज एकछत्र 

सुशासन र सुरक्षाको स्थिति अलपत्र 

कारखानाको काम श्रम-शोषण मात्र

अफिसमा टिक्ने हुन् केवल दास पात्र 

झूटको आधारमा चल्छ बजार तन्त्र

निरीहलाई लुट्ने बन्यो व्यापार मन्त्र

शहर त बन्यो अपराध फैलाउने यन्त्र 

भ्रष्टाचारी र अहंकारी पोष्ने सयन्त्र।

गाउँमा चमक

आफ्नै गाउँघरमा रमाउन सिकौं मित्र

जन्मेको ठाउँको माया बोकौं सचित्र 

कसैको कर कि रहरले मिलेन त्यो गोत्र 

ईशको ठहरले नै जन्मेको सो घरभित्र

त्यही जन्म गाउँको देन हो हाम्रो चरित्र 

तिनै परिवारजनले वास्ता गरे अहोरात्र 

दु:ख-सुखमा सिङ्गो गाउँ बन्छ सहगोत्र 

हाम्रो जिम्मेवारी हो बनाउन यो पवित्र 

शहरी ढोंगीपन र छली छैन यहाँ भित्र 

परिश्रमको पसीनाको सुवासना सर्वत्र 

सोझा, सदाचारी र सन्तुष्ट ईशका मित्र 

युवा उर्जाले विकास बढाऔं गाउँभित्र।

गाउँ स्वस्थ शहर त्रस्त

गाउँमा मन लगाऔं, पसीनाले सिञ्चन गरौँ 

जग सुहाउँदो तरीका खोजौं र सीप रोपौं 

भीरपाखा जडीबुटीका बोट बिरुवाले भरौं

तराईका फाँट अन्नबालीले लहलह सजाऔं 

फलफूल, पशुपन्छीको नश्ल उन्नत गराऔं 

ठाउँ सुहाउँदो पेशा गर्दै प्रकृतिसित रमाऔं 

स्वतन्त्रतामा रमाउंदै आफ्नै स्वादको खाऔं 

न छ दासत्व, न करकाप, पीर-चिन्ता मेटाऔं 

गाउँ सुन्दर छ, मेहनतले अझ सुन्दर बनाऔं

यहीं मन लगाऔं, कमाऔं अनि नाचौं-गाऔं 

फुरसत हेरी प्रदूषणयुक्त शहरमा घुम्न जाऔं 

बेफुरसदी शहरको कहर गाउँमा छैन जानौं।

विधाताको जीवनदायी विधी

In Nepalese Language

जहरको कहरले भराभर नहर 

नहरको साँध बाँध विष्फोटको प्रहर 

जहरले भलाभल नगर र शहर।  

मान्छे मात्र ढलाउने यो कस्तो लहर?

फराकिला बटा, शान्त सुन्दर शहर 

मान्छे जती घरबंदी डरले बस्नै पर्ने कर 

कारक के होला ल्याउने यो जहर-कहर? 

सोची सच्याउँ है मित्र सबैले बराबर। 

विधाताले ब्रम्हाण्डलाई तोके संचालन विधीको डोर 

आकास पृथ्वी यावत यीनमा चल्छन विधी-विभोर 

केवल चेतधारी मानव टेर्दैन विधीको स्नेही ठहर  

कहरको चेतावनी चित्तमा चेते, सुन्नेछौँ विधीको सोर।