विकासको आस

In Nepalese Language

बिता पल भइगयो इतिहास 

सदा होस आउनेको आस,

आशा नभए सबै नै हताश 

हताशको फसलमा विनाश।  

भोलिको आसमा रसिक रस 

आशाले सिंचित जीवको स्वास,

देह त स्वासको छोटो प्रवास

सत्कर्मले बन्छ प्रवास विलास। 

—  

रोजौं स्वार्थी अहंकारको नाश

बनौं नम्र र ओमकारको खास, 

गरौँ, दिलाउँ र फैलाउँ आस  

बनिंदै बनाउँ यो समाज सरस।

रुढीको कारक प्रकृति विनाश 

जगमा जीव र निर्जीवको बास,

जीव जीविकाको प्रकृतिमा रास

मिलेर गरौँ प्रकृति पक्ष विकास। 

शुभ दिन भित्र्याउने शुभ प्रभात

In Nepalese Language

शुभ दिनको संकेत दिने यो मिरमिरे प्रहर

न्यानोपनको आकांक्षा बोकेको मानवीय रहर; 

हरेक पाइलाले पालन गरोस् दैवी ठहर 

छेऊ पर्न नपाओस् दानवीय कहर; 

दैवले जुटाउन आज यस्तो अवसर 

आफूभन्दा बिपन्नको बन्न पाउँ केही भर।

दिनको छनकले दोलो भयो रातको हुंकार

उज्यालोको बहिर्गमन नै रहेछ अँध्यारोको रास

आँखा चिम्ले अन्धकार, खोल्नासाथ छर्लंङ्ग दिशा चार   

समाजबाट यसै रितले अलप होस् भ्रष्ट्राचार। 

आक्रान्त नागरिकको थकावटपूर्ण चित्कार 

सुनिदेओस सरकार, व्यवहारमा होस् सदाचार।

गाउँ र शहर भरी विपदाको भौतिक मार,

डर, त्रास र तनावले मनोबलमा प्रहार;

व्यवस्थापनको अक्षमतामा बाटो बिराएको सरकार,

अधिकारको अहंकारमा शक्तिकेन्द्र छ खुंखार;

धेर अबेर भइसक्यो, जाग, अब त नथप बिगार,  

देशमा सुशासन छाओस्, जनमा उज्यालो मुहार। 

भान्से वैद्य – भोजन ओखती

In Nepalese Language

भान्सा छिर्छु, धन्य छर्छु, आहारा सकार्छु,

प्रशंसा पसार्छु, कदाचित नकार्छु, बिरलै पुकार्छु,

न कहिल्यै हपार्छु, रोष मार्छु, निराशा बार्छु,

शान्ति स्विकार्छु, रोग टार्छु, उर्जा तिखार्छु,

जीवन सुधार्छु, साथीलाई उचाल्छु।

आहारा सन्तुलित, मन-तन पुकलित,

सन्तुष्टि संचित, रोग-रोदन वन्चित,

ओखती-उपचार संकुचित, सर्वथा हितैहित,

जिन्दगानी मीत, जीविका सङ्गीत,

जीवन ईश्वरकृत अनुभूतिमा अमृत,

दैनिकी सुसज्जित, समाज परिष्कृत।