जूवा तास लत यो खास
बन्दछ जो यसको दास
सम्पत्ति पारेर सबै नाश
गर्दछ घरको उठीबास।
—
तास पत्ताको पालेर प्यास
परिवार प्रेम हुन्छ खलास
जेबभरि जब रुपियाँ रास
जुवाडेजन सधैं आसपास।
—
दारुबिना तास छ निराश
नशा दिन्छ मस्ती आभास
हारे पनि फेरि जित्ने आश
पासो बनी लान्छ घरबास।
—
लत बढेर बन्छ विकराल
सम्बन्ध तोडिदिने भूचाल
मनोरञ्जनको बहाना ताल
मासिन्छ सम्पत्ति विशाल।
—
तासको खाल यो भ्रमजाल
भुलाएर भासमा पार्ने छाल
समयमै बुझौं यसको चाल
नपारौँ घर-परिवार बेहाल।