Writings on the wall

The present lock-down of many cities in the world has brought down the pollution levels in those cities. The air pollution due to particle suspension has drastically reduced. The sight pollution caused by overcrowded vehicular traffic and their road-rage are almost nil. As a result of it, the irritating sound pollution is also very much reduced. We can see it in our neighborhood and the aerial and satellite pictures published in various media are undeniable proof of it. 

Can we receive an important message being conveyed to us from all corners of this earth of ours?

That the life giving nature is showing its ability, through this example of Covid-19, to reclaim the territory we humans, in our greed and corporal selfishness, have been forcefully snatching from it. There have been warnings in the form of earthquakes, tornadoes, forest fires, and different kinds of natural calamities. But this Covid-19 has surpassed the overall impact of many previous ones in social, economic and psychological countings. 

If we humans still do not take heed to what the nature is trying to convey to us in terms of our responsibility of nurturing it, and instead, kept on exploiting it ruthlessly, then it is not any big deal for any thoughtful mind to prophesy for sure that there will soon be another blow of exponential greatness from the same nature, and again the mankind will have to bear the brunt of it. Pity that our empty arrogance does not permit us to learn from the historical events and thereby correct our lifestyle. Instead, it has been seen that we tend to be more adamant and find ways to harmfully exploit our natural resources more selfishly in the name of developments. Few so called development initiatives which have infused more harm than good to the social structure and very being of we humans are industrial revolution, cultural revolutions, urbanization, globalization, mobility explosion, IT boom, to mention a few. All these terms look to be highly welcome developments for us on the surface of it, but only when put to use judiciously, without allowing human greed to misuse them or overuse them to social detriment. I do believe the reader is well conversant with the negative impacts all such development initiatives and inventions are dumping on our society. 

Our conscience and common sense always keeps knocking on us to say that we are going the wrong way in making use of the natural resources placed in our disposal to take benefit from and to enjoy them. These resources are put under our dominion to act responsibly with them. But if we forget our natural responsibility, ignore the inner voice of rightful direction and warning, for greedily exploiting the resources for satisfying our selfish desires, then, as evident in the present pandemic, nature has its own way and strength to discipline us to put back on the right track. If only we were humble enough to take heed of the writings on the wall.

What a day to wish for the freedom-loving social animal – Happy lock-down and social distancing!!!   

जान्दिन म

In Nepalese Language

“जान्दिन म परमेश्वरले प्रेम किन गर्नुभो, वा ख्रीष्टले किन बचाए अयोग्य प्राण मेरो”

यदि कसैले मलाइ प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्ने कारण सोधे भने मैले दिन सक्ने साँचो उत्तर यति मात्र हो कि म जान्दिन। कति मित्रहरुले जिज्ञासा राख्दछन् कि मैले प्रभुलाई कसरी पाएँ, यसको उत्तर दिन खोज्दा पनि मलाई असमन्जस हुन्छ किनभने प्रभुलाई मैले खोजेर पाएको भन्ने केहि मलाई थाहै छैन। मैले भन्न सक्ने त यति मात्रै हो कि परमेश्वरले हाम्रो परिवारलाई यस्तो अवस्थाहरु बाट भएर जान दिनुभयो, जुन अवस्थाहरुको कारण नै मैले प्रभु येशूको बारेमा सुन्न पाएँ, जान्न पाएँ र उहाँलाई मेरो प्रभु स्विकार्न पाएँ। यसमा मैले गरेको भन्न सक्ने केहि पनि देख्दिन, सबै त परमेश्वरले नै गर्नुभएकोछ। 

मेरो जन्म नुवाकोट जिल्लाको बुधसिंग गाउँ पंचायतमा रहेको मेरो मावल, ढोड़ गाउँमा भएको रहेछ। बालाई कुष्ठ रोग भएकोले गर्दा घरदेखि टाड़ो रहेर लामो समयको उपचार गर्नु पर्ने हुँदा, मलाई हुर्काउने जिम्मा एक्लो आमालाई परेछ। 

म छ: वर्षको हुँदा बा पहाड़मा हामीकहाँ आएर, घर बाहिरै उभिएर, आफूले इसाई धर्म अंगालेको घोषणा गर्नुभएछ। जजमानी गरिहिड़ने पण्डित खलकका मेरो मावली हजुरबा र छ: भाई मामा परिवारले यो घोषणालाई कस्तो प्रतिक्रियाद्वारा स्वागत गरे भन्ने कुरा त मलाई थाहा छैन, तर आमाको प्रतिक्रिया चाहिं परमेश्वरद्वारा उत्प्रेरित थियो भन्ने कुरा मैले धेरै पछि, प्रभुले देखाउनुभए पश्चात मात्रै, थाहा पाएँ। बा अब उनीहरुको निम्ति “पानि नचल्ने” भएको कारणले आमालाई नै निर्णय गर्ने छुट दिएर भन्नु भएछ कि उहाँलाई साथ दिएर कालेम्पोंग जाने वा त्यसो नगरी माइतीमा नै बसिरहने। ढोड गाऊँमा हाम्रो आफ्नै घर र खेत-बारी थिए, अहिले सम्म आमा एक्लैले राम्रै गुजारा चलाइराख्नु भएकैथियो। तर पनि आमाले निर्णय लिनुभएछ कि आफ्ना बा र दाइहरुले असल मानेर सुम्पिदिएको खसम कै पछि लागेर जान्छु भनेर। त्यसपछि छोरो काखी च्यापेर, बाको पछि-पछि, उहाँको उपचार भईरहेको शहर कलेम्पोंगमा आमा पुग्नुभयो। 

कालेम्पोंगको ठूलो गिर्जामा विधिवत् बप्तिस्मा लिएर हामी त्यस गिर्जाका सदस्य इसाई बन्यौं। छ: वर्षको त्यो उमेरमा यो कुराले कुनै बदलाव ल्याएको मलाई ज्ञात छैन, यति हो कि बाले हामीलाई भन्नुभए अनुसार, टीको-टालो र चढाएको प्रशाददेखि परै रहने र हरेक साता गिर्जा जाने कुरा चाहिं सिक्यौं।   

कालेम्पोंगमा हामीलाई मिसन कम्पाउण्डभित्रै बस्ने बन्दोबस्त थियो। त्यहाँ बस्दा म नबिराइकन साप्ताहिक सण्डे-स्कूल जाने गर्थें। अच्चचीमा गुरुआमाको हँसीलो, मायालु व्यवहार तथा टाँसी सर् को सैनिक अनुभवका रोचक कथाहरुले सण्डे-स्कूलका कक्षाहरुलाई अती आकार्षक बनाउँथे। मिसन कम्पाउण्डबाट बाहिरिएर, निकै टाड़ोको बस्तीमा सरेपछि चाहिं गिर्जा र सण्डे-स्कूल पनि टाड़ियो। बेला-बेलामा बाले सुनाउनुहुने बाइबलका कथाहरु र स्कूलको बाइबल पिरियडमा सुनाइने कुराहरु नै इसाई शिक्षाको श्रोत थिए। 

बसाईं-सराई को क्रममा, त्रिपाइको रोंगोंग परिवारको गोठमा अदियाँ बस्न आएपछि चाहिं अलि बढी बाइबलीय शिक्षा प्राप्त हुनथाल्यो। त्यहाँ वरिपरिका केटाकेटीहरुलाई भेला गरेर सारा गुरुआमा र जितेन दाजुले सिकाउनु हुन्थ्यो। मलाई रोंगोंग परिवारका सबैजना शिक्षित, स्वस्थ, सुन्दर र असल व्यवहार भएकाहरु जस्तो लाग्दथियो अनि उहाँहरुको रहन-सहनद्वारा म धेरै प्रभावित थिएँ। परमेश्वरको आशिषले नै यो सबै राम्रो भएको हो भनेर रोंगोंगनी आमाले भन्नुहुँदा मलाई लाग्थ्यो कि परमेश्वर असल हुनुहुँदोरहेछ। 

त्रिपाइबाट सरेर, मिसन कम्पाउण्डसंगै जोडिएको, स्विट कम्पाउण्डमा बस्न थालेपछि भने गिर्जा तथा अरु सम्बन्धित भेलाहरुमा सामेल हुन सहज भयो। उमेर निकै बढिसकेकोले, म अब सण्डे-स्कूलको सट्टा जवानहरु भेला हुने सी.ई. (Christian Endeavour) मा सामेल हुनथालें। थुप्रै दाजु-दिदी अनि सरहरुले सी.ई. को अगुवाई गर्दै शिक्षा दिनुहुन्थ्यो। टि.डी. दाजुले सी.ई. मा सच्चाईको बारेमा बाइबलबाट सिकाउँदा, कुनैपनि क्षणिक फाईदा हुन्छ भन्दैमा सानोतिनो झूठ बोल्ने बानी छ भने, त्यस्तो बानी छोडिहाल्नु पर्छ भनेर दिनुभएको शिक्षाले मलाई जीवन पर्यन्त रहनेगरी सत्यको सिद्धान्त सिकायो। रोइरहेको नानी फुल्याउन नसकेर ढोका बाहिर नभएको स्याललाई ‘छ’ भन्दै फुल्याउने बानीको उहाँले उदाहरण दिनुभएकोथियो। 

त्यो बेला ठूलो गिर्जाको अगुवाई वयोवृद्ध आदरणीय पास्टर तार्गेनले गर्नुहुन्थ्यो। हाम्रो बप्तिस्मा पनि उहाँले नै दिनुभएको रहेछ। उहाँ अतिरिक्त वचनको शिक्षा दिनेहरुमा पास्टर मोलोमु, मिकाहांग सर, इडेन सर, लामा बाबु, अधिकारी बाबु, बि.सी. सर, यिनै नाऊँहरु सम्झानामा छन्। 

म १४ वर्षको हुँदा बा प्रभुमा सुत्नुभयो। बाको बिदाईको केहि समय पछि हामी नौ माइलमा रहेको साल्वेसन आर्मीले संचालन गरेको ब्लाइण्ड स्कूलको परिसरमा बस्न पुग्यौं। आमाले त्यहीं काम गर्न थाल्नुभएकोथियो। त्यहाँ मलाई निकै राम्रो आत्मिकी वातावरण प्राप्त भयो। विभिन्न प्रकारका इसाई कार्यक्रमहरुमा सहभागी हुने अवसर पाइरहें, जसद्वारा इसाई जीवनको निम्ति आवश्यक शिक्षा र सिद्धान्तहरु जान्ने मौका पाउँदैरहें अनि यस्ता कुराहरुमा रुची पनि बढ्दै गयो। 

मेरो स्कूले जीवनको अन्ततिर कालेम्पोंगको टाउन हलमा केहि दिनसम्म सुसमाचारीय सभा आयोजना गरिएको थियो। ब्लाइण्ड स्कूलका दाजुहरुले उनीहरुलाई डोर्याएर त्यो सभामा जाइदिन मलाई अनुरोध गरे अनि म त्यहाँ गएर सहभागी भएँ। पापको पश्चाताप गरेर येशूलाई आफ्नो व्यक्तिगत मुक्तिदाता स्विकार्दै नयाँ जन्म प्राप्त गरेर मात्र सृष्टिकर्ता परमेश्वरले योजना गर्नुभएको पूर्ण जीवन यापन गर्न सम्भव रहेको तथ्य बाइबलबाट देखाउंदै प्रचारकाले ति सभाहरुमा शिक्षा दिनुभएकोथियो। यो शिक्षाले मलाई गहिरो गरी छोयो अनि मनमनै प्रार्थनामा आफ्ना सबै पापको क्षमा मांग्दै येशू ख्रीष्टलाई मेरो मुक्तिदाता र प्रभु भनी स्विकार गरें। त्यो बेला मैले हृदयमा ठूलो हलुकोपन र मनमा गहिरो शान्तिको अनुभूति पाएँ। 

कलेजको अद्धयन गर्नलाई पंजाब पुग्दा पनि इसाई वातावरणले प्रभु येशूको नजीकै रहन सहयोग गरिरह्यो। तर पनि मेरो पश्चातापको प्रार्थनाको सुनवाई भएको निश्चयता मैले पाउन सकेको थिईन। कलेज पछिको उच्च शिक्षाको क्रममा त इसाई जीवनको बढोत्तरी ठप्प जस्तै रह्यो। त्यसपछि नयाँ नयाँ शुरु गरेको कामको चटारो र व्यस्तताले गर्दा निकै वर्ष सम्म प्रभु येशूसंगको सामिप्यमा कुनै प्रगति हुन सकेन। तर पनि प्रभुसँग नजिकिने चाहनाको तृष्णाले भने कहिल्यै छोडेन।     

म परमेश्वरसंग प्रार्थना गरिनै रहन्थें, विशेष गरी केहि निराशाको अवस्था वा भौतिक कष्टको बेलामा धेरै समय प्रार्थनामा बित्दथियो। मैले गरेका प्रर्थनाहरुको सुनवाईको निश्चयाताले भने धेरै समय सम्म मसंग लुकामारी खेलिरह्यो। यस्तैमा परमेश्वरले उहाँको कुनै सेवकद्वारा रोमी १०:९ र १ यूहन्ना १:९ बाट शिक्षा दिएर, पक्का निश्चयता साथ मलाई शंकाको भारीबाट छुटकारा दिनुभयो। परमेश्वरले येशूलाई मरेकाहरुबाट जीवित पार्नुभयो भनी हृदयमा विश्वास गरेर धेरै पल्ट नै आफ्नो पाप मानिलिएर येशूलाई आफ्नो जीवनको प्रभु भनेर स्वीकार गरेको थिएँ। त्यसोभए परमेश्वरको विश्वासयोग्यता र धार्मिकताको आधारमा मेरो पाप क्षमा गरिएको र सबै अधर्मबाट शुद्ध पारिएको निश्चयता यो शिक्षाले मलाई पक्का गरी प्रदान गर्यो। त्यो दिन परमेश्वरलाई धन्यवाद चढ़ाए पछी मलाई मेरो मुक्ती प्रति कुनै शंका रहेन। पछी गएर यूहन्ना ६:३७ मा “मकहाँ आउनेलाई कुनै रीतिले म त्याग्नेछैनँ” भन्ने प्रभु येशूको दरीलो प्रतिज्ञाले त मेरो यो निश्चयतालाई अझ पक्का गरी स्थापित गरिदियो। 

आज फर्केर हेर्दा यो एउटा कुरा पक्का गरी देख्छु कि बाको कुष्ठ रोग हाम्रो परिवारको निम्ती कुनै श्राप नभएर हामी सबैलाई जीवनको बाटो चिनाउने ठूलो आशिषको कारण बन्यो। साथै, माईतीमा सबै सुविधा छँदाछँदै पनि, आमाले बाको पछी लागेर त्यो कष्टको बाटो रोज्नुमा पनि परमेश्वरकै अगुवाई देख्दछु। किनकि यदि म पहाड़मा नै रहेर सुखमा हुर्केको भए, सम्भवत: पण्डित मामाहरुको शिक्षा र सिकोमा, जजमानी गर्दै हिड्ने एउटा व्यस्त र सफल पुरोहित बन्ने थिएँ – सत्य जीवनको बाटो देखि धेरै टाड़ो। अवश्य पनि बालाई रोगले धेरै कष्ट दियो, आमालाई एक्लै परिवारको देखरेख गर्न र चार-चार सन्तान हुर्काउन साह्रै नै गाह्रो भयो, पारम्परिक परिवार र समाजबाट छी-छी, दूर-दूर सहनु पर्यो, तर यी सबै अवस्थालाई प्रयोग गरेर परमेश्वरले हामीलाई सत्य जीवनको बाटोमा डोर्याउनु भयो। यस्तो अचम्भको कृपा गर्ने परमेश्वरलाई सदैव धन्यवाद। 

प्रभु येशू ख्रीष्टमा साँचो सृष्टिकर्ता परमेश्वरलाई चिन्न पाएको अवस्थालाई नियाल्दा, मैले आफूले गरेको भन्नलाई केही पनि देख्दिन। मैले साँचो परमेश्वरको खोजी गरेको भन्नलाई पनि मसित केही छैन। सबै अवस्थाहरु अनुकूल पारेर, मेरो मनमा उहाँ प्रतिको चाहना जगाउने काम पनि परमेश्वरले नै गर्नुभएको देख्दछु। उहाँले नै आफ्नो कृपा र अनुग्रहमा मलाई अनन्त जीवनको बाटोमा ल्याउनुभयो र डोर्याउँदै हुनुहुन्छ। 

अब परमेश्वर पिताको शासनमा र उहाँको आत्माको अगुवाईमा यो जीवन जिउंदैछु भन्दैमा म सिद्ध भैसकें र पाप नै गर्दिन भन्ने चाहिं पटक्कै होइन रहेछ। बरु अहिले सम्म पाप भनेर नचिनिएका मेरो जीवनका धेरै पक्षहरुलाई परमेश्वरको आत्माले उहाँको वचनद्वारा दिनदिनै चिनाइदिनुहुन्छ, र त्यसरी प्रायश्चितको अवसर दिएर उहाँको अनुग्रह अझ थपिदिनुहुन्छ। यस्तो महान अनुग्रहको काम गर्नुहुने परमेश्वर पितालाई, कृतज्ञतापूर्ण मन लिएर, प्रभु येशू ख्रिष्टको नाऊँमा सधैं प्रशंसा दण्डवत् गर्दछु।  

To My Busy Friend

I have a message of very high urgency to be given to some of my close friends: “Dear friends, please take time to breathe.”

This message sounds simple and irrelevant but lo and behold, it is neither simple nor irrelevant. This message is specifically aimed at those friends who are, or profess to be very, very busy, no time even to breathe. Therefore, I am highly concerned that they should not forego breathing and as a result, find it too busy to live. Such a situation would leave many of their important errands undone, thereby, putting the whole universal ecosystem upside down. As a result we all will suffer. The present humanity is at stake, thus the urgency level of this message is very high.

Once upon a time, this earth of ours had a vibrant institution called the Post Office, something like the well known, all pervasive IT of these days, but in an old time format. In those times Aunty Page used to send my college tuition fees and other expenses through Money Order and waited eagerly to receive an acknowledgement note from me along with some report of how I was doing with my studies. But I used to be so “busy” with my studies, I would not have any time to write a letter and drop it at the post box. Then Aunty would invariably counter my excuse with her firm voice “Lazy people are busy people”.

The above phrase invariably pops up in my mind, with ever increasing convincing beep, whenever I happen to hear any dear friend of mine repeating my old phrase “I got too busy”. I very well knew then, without any doubt, that my excuse phrase was 100% a lie. To this day, I have never found any reason to contradict that this phrase stands to be a 100% true lie. Everytime any of my friends, (by the way who is not my friend?) stoops down to make use of this phrase, I am concerned for their wellbeing and health. Concerned not only because they told a lie to the society, but more so because they added one more disturbing guilty feeling in their mind and memory. The ever growing accumulation of such feelings of guilt, by nature, has the sure tendency of encroaching upon and devouring our peace of mind, with every reminder of our guilt act. Needless to say, a continuously disturbed mind is the high yield production wing, churning many nasty mental and physical ailments to us humans. Therefore, my concern is that my dear friends should not suffer by making use of this poison potion phrase “I am too busy”. 

I highly cherish and long to be in touch with like minded friends. I also enjoy hearing from those friends who have the innate attitude of refuting anything they hear. Because from such people I can learn a lot by seeing the perspective of things, in a way I would not be able to see on my own. But I am saddened when people hesitate or avoid to initiate any communication of any type with me. Leave aside them initiating any touch base, many of them don’t even bother to respond to my efforts to be in touch with them. This becomes very disheartening. The excuse most of the time is the same old excuse of mine to Aunty Page “I got too busy”. So busy that they have no time to return the calls they missed. No time to respond to message inquiries. No time at all to answer an email, not even to acknowledge it by just touching a Reply button. People of old had proclaimed that a man was a social animal. That now looks to have been a history. The present attitude of human beings indicates that a man is a secluded animal.

Lazy people make hazy excuses of busy schedules of crazy appointments, being cosy with lousy engagements, leading to dizzy heads due to fizzy drinks at a dingy location with a noisy environment of messy look, packed with cringey people displaying nosy pride. 

Dear Friends, stop showing busy, don’t be lazy, make life easy with a planned time tally. We cannot create time, it is given to us, therefore, very precious. Utilizing it properly or wasting it lazily is in our choice. One renders life beautifully joyous, other turns it deathly burdensome. Choice is ours to pick. So, Lazy busy or Easy cosy??? If not “busy”, please be in touch.

जेलिएको सम्पत्ति

In Nepalese Language

यता जाली उता जस्ता 

आफ्नै मात्र गर्छन वास्ता 

छर-छिमेकलाई सोच्दै सस्ता 

आफ्नो सुरक्षा अरुको बेवास्ता। 

यता जस्ता उता जाली 

ढाक्छन छोप्छन सम्पत्ति जाली 

थरीथरी गरी झेली 

छलेर लुटछन गरीबलाई पेली। 

रंग-बिरंगी थरी-थरी घर 

अरुलाई उछिन्दै उचालिने रहर 

अदृश्य किरोले फैलाउँदा कहर 

डरमा भर दिने न घर न रहर।  

जस्ता र जाली सबै फाली 

खुलस्त रहे फुल्छ हरियाली 

बटुवा छिमेकीको प्रशंसा ताली 

मिल्नेछ जीवनको साँचो खुशियाली। 

COVID-19

Covid-19, Initial thinking, Neglected non-thing, 

Patients thronging, Deaths lurking, Facilities breaking, Systems shaking, 

Authorities waking, Epidemic growing, Pandemic declaring, 

Quarantined all travelling, Movements halting, Festivities shunning, 

Cities shutting, Economies jolting, Power-pride melting, 

Small virus roaring, Big earth cowering, All knowledge failing, 

Medication not yet in, Hands washing, Face masking, Hygiene thriving, 

Helpless asking, Rumors basking, Fear mounting, Hope drowning, 

Utilities hoarding, Prices soaring, 

Industries collapsing, Productions depleting, Shortages sighting, 

Humans shivering, Weakness realizing, 

Divine seeking, Pride lowering, Prayers increasing, 

No way but hoping for Divine interfering, Normalcy returning. 

DIVINE INTERFERING – NORMALCY RETURNING.

OMNISCIENT RESPONDING, MEDICINE INVENTING.

LORDSHIP PROCLAIMING – DIVINE JOY RETURNING.

सात्विक अभिवादन

In Nepalese Language

कुनै पनि व्यक्ति जब कुनै अर्को व्यक्ति वा समूह संग प्रत्यक्ष वा परोक्ष कुनै पनि मध्यम द्वारा संचार गर्छ त्यहाँ कुनै न कुनै प्रकारको अभिवादन आदान प्रदान गर्ने संस्कार हरेक समाज र संस्कृतीमा पाइँदछ। तर यो अभिवादनको संस्कारमा हामी यती धेरै अभ्यस्त भैसकेकाछौँ कि यसमा प्रयोग गरिने शब्द, भाव र तरिकाको गहनता र अर्थ के रहेछ भन्ने कुराको हेक्का नै नभएको यत्र तत्र सर्वत्र देख्न पाइंदैछ वा पर्दैछ। सबै संस्कृतीका समाजमा विद्यमान संस्कार कुनै न कुनै वृहत्तर भलाईको निम्ति, साधारणतया निकै लामो समयको प्रयोगद्वारा खारिएर स्थापित भएको हुन्छ। अपवादमा, केहि असामाजिक संस्कारहरु, कुनै स्वार्थी शक्ति-केन्द्रको बलमिचाईद्वारा, जबर्जस्ती सित समाजमा लादिएको पनि हुनसक्छ। यस्ता कुसंस्कारहरुले समाजमा भएका सबै संस्कार प्रति नै वितृष्णा फैलाउने काम पनि भईराखेको बुझन पाइन्छ। दासप्रथा, सतीप्रथा, दाईजो तोक्ने, छाउगोठ मान्ने, धर्म र संस्कारको आडमा बाध्य गराएर लिईने भेटी, चन्दा, दक्षिणा, उपहार, आदी। राज्य संचालानको बहानामा संचालकहरुले राज्यको ढुकुटी बाट, नियम बनाउने अधिकारको दुरुपयोग गर्दै, मिलोमतोमा, त्यही संचालकहरुको सुविधा बढाउनको निम्ति, आफू भन्दा कम आर्थिक हैसियत भएका जनताबाट, दिनानुदिन दायरा र दर बढाउंदै करकापमा पारेर कर असुल्ने जुन प्रणाली स्थापित भईरहेकोछ, यो पनि आजको यूगमा मौलाउंदै गरेको टट्कारो कुसंस्कार हो। 

हामी यहाँ अभिवादनको संस्कार र त्यसको सात्विक अर्थ बारे विचार गर्दैछौं। यसबारे मैले सबै जानेर पारङ्गत भएँ भनेर यो लेखेको पटक्कै होइन। अरु सबै विधामा जस्तै यो विचारमा पनि मैले सिक्न पर्ने कुराहरु त अति नै धरै छन् तर फ़ुरसतको समयमा यसबारे मनन गर्दा जेजति सिमित बुझाई मैले पाएकोछु, त्यसलाई प्रस्तुत गर्दा, चासो राख्ने मित्रहरुलाई केहि वैचारिक कसरतमा उत्साहित गराउन सक्छु कि भनेर यो जमर्को गर्दैछु।

हामीलाई सानै देखि हाम्रा अभिभावक तथा अग्रजहरुले अभिवादनको तरिका तथा कहिले, कसलाई, कुन अवस्थामा र कसरी गर्न पर्छ भनेर सिकाएका छन्। सानो छँदा अभिवादनको अर्थ र कारण बुझ्ने क्षमता विकसित भई नसकेको हुँदा, रहर वा करमा सिकाएको गरिदिए पग्यो; तर आफ्नो समाजका संस्कारहरु बुझ्न सक्ने वयस्क भएपछि पनि यसमा चलाइने बोली र हाउभाउको अर्थहीन प्रयोग गर्नु चाहिं फगत लापरवाही तथा लक्ष व्यक्तिप्रतिको अनादर बन्न जान्छ। किनकि त्यो अभिवादनाको बोली र हाउभाउ त प्रस्तुत भयो तर त्यसमा समेटिएको गहिरो अर्थको चाहिं केहि हेक्का नै राखिएन भने त यो कार्य एउटा नाटक वा पाखण्ड बाहेक केहि पनि भएन। बाहिर त प्रस्तुत भयो तर मन र विचारले साथ नदिईकनै। यो त झुठ बोले सरह ने भएन र ? 

मैले देख्न पाएको अभिवादनको तरिका र बोलीहरुमा, सबैमा नै सामने भएको व्यक्तिलाई भेट्न पाएकोमा खुशी, आनन्द, शान्ती, शुभकामना, आशिर्वाद, आदर, सम्मान, प्रशंसा, न्यानोपना, इत्यादिको प्रस्तुती र कामना गर्ने भावहरु देखेकोछु। यसैप्रकारले ईश्वरको, देशको, समाजको वा व्यक्ति विशेषको जयजयकार गरेको पनि देखिन्छ। तर के हाम्रो सामने उपस्थित व्यक्ति प्रति हामीले प्रस्तुत गरेको अभिवादन त्यसको साँचो भावमा मनको सत्यतामा प्रस्तुत भएको हो त? हो भने त धेरै राम्रो भयो तर होइन भने त हामी झुठा र पाखण्डी भएनौं र? यो अरुले खुट्याउने कुरो होइन, आत्मलोचना गरेर आफैंले बुझ्नुपर्ने कुरा हो, किनकि यो हरेकको आफ्नै मन भित्रको विचार संग सम्बन्धित छ जो व्यक्ति आफैंले बाहेक अरु कसैले देख्न सक्दैन। उदाहरणको निम्ति, कुनै व्यक्तिको बारेमा मैले सुनेका कुराहरुका कारणले वा उ र म बीच भएका कुनै घटनाको करणले उसप्रति मेरो मनमा केहि श्रद्धा छैन वा मेरो मनले उसलाई क्षमा दिनसकेको छैन भने, उसित आमने-सामने हुँदा मैले नमस्ते, नमस्कार, जय शम्भो, लसकुस, सलाम आलेकुम, जय मसिह, शुभ प्रभात, आदि इत्यादि कुनै पनि शब्दोच्चारण गर्दै जोरहात गर्ने, शिर निहुराउने, अंकमाल गर्ने, हात मिलाउने, चुम्बन गर्ने, गोडा ढोग्ने वा छुने, प्रशन्न मुद्रामा हात उठाएर हल्लाउने, र यस्तै अरु मुद्रा अपनाउने कार्यलाई के मेरो मनको सत्यतामा पस्केको प्रस्तुती भन्न मिल्छ र? यी शब्द र मुद्राहरुले त म भन्दैछु कि तपाईंको हृदयमा बास गर्ने ईश्वरको आत्मालाई म जोरहात नमन गर्छु, तपाईंको उच्च संस्कारलाई म निहुरिएर कदर गर्छु, यो भेटले हामीले आस्था राख्ने ईश्वरको महिमा होस्, तपाईंलाई स्वागत छ, तपाईं सधैं शान्तीमा रहनुहोस, तपाईंको यो समय शुभ होस्। तर जुन व्यक्तिप्रति मेरो मनले चाहे पनि साँचो श्रद्धा राख्न सकेको छैन, उसको सामने उभिएर यस्ता प्रस्तुती गर्दा के म आफ्नै मनको अवस्था सित अन्तर्घात गरिरहेको छैन र?

हामीले पक्कै पनि धेरै पल्ट सत्य मेव जयते भनेका छौं तर साँच्चै नै सत्यको विजय होस् भन्ने मन भित्रै देखिको चाहना राखेका छौं त? त्यस्तो चाहना राख्नु मात्रै पनि एउटा सकारात्मक, शुरुवाती कदम हो।  तर त्यसपछि, त्यो चाहेको अवस्था हासिल गर्न प्रति केहि ठोस कार्य गर्छौं भने मात्र यो मन्त्रोच्चारणको केहि अर्थ लाग्नेछ। 

यसैले सोचौं, हामीले अभिवादनको उच्चारणमा के भन्दैछौं र त्यससित जोडिएको कार्यमा के गर्दैछौं। हाम्रो अघी भएको व्यक्ति वा समूहसित सत्य व्यवहार गर्दैछौं कि फगत नाटक मात्रै गरेर, आफैंलाई र अरुलाई धोका दिंदैछौँ?

सहयोगी मनहरु

In Nepalese Language

हामी सबैको बिगतलाई फर्केर नियाल्दा केही-न-केही तिता-मिठा सम्झनाहरु अवश्य नै छन्। यस्तै विषयवस्तु लिएर कुराकानी गर्दैगर्दा मेरो गुरु-दाजु लोकनाथले सुझाउनुभयो कि मलाई महत्वपूर्ण सहयोग गर्ने व्यक्तिहरुको सम्झना लिपिवद्ध गरेर राख्नु अशल हुन्छ। यो सुझावको गहनता तब बुझ्न थालें जब कतिवटा पुराना घटनाहरु अब धमिलो गरी मात्र सम्झनामा रहेको थाहा गरें। यस्तै क्रम जारि नै रहन दिने हो भने त उमेरको बढोत्तरी संगसंगै जीवनका धेरै कुराहरु सूचना नै नदिई मानसपटलबाट मेटीइसकेका हुन्छन। कति महत्वपूर्ण यादहरु त विलीन पनि भईसके होलान्। यस्तो देखेपछि दाजुको सुझावलाई आत्मसात गर्दै यादमा बाँकी रहेका केहि सम्झनाहरुलाई लेखेर राख्ने जमर्को गर्दैछु।

आमा तथा परिवारजन 

सृष्टिकर्ताको योजनापछि आमाले सार्थक जीवन प्रदान गर्नलाई मप्रति खन्याउनुभएको नि:स्वार्थ लगानीलाई त सहयोग शब्दको सिमित परिभाषा भित्र ल्याउनु नै ठूलो अन्याय हुनजान्छ। तर उहाँ पछि पनि, परिवार भित्र र बाहिरबाट, मप्रति गरिएको सकारात्मक साथै नकारात्मक व्यवहार तथा कार्यहरुले मलाई यो अवस्थासम्म पुग्नमा ठूलो भूमिका निभाएकाछन्। यस्ता परिवारजन प्रती कृतज्ञतापूर्ण प्रेम मनमा राख्नु बाहेक मैले गर्न सक्ने अरु केही छैन। 

डोरोथि पेज ह्यामिल्टन 

मैले शुरुमा उहाँलाई आन्टी पेज भनेर चिनें। हाम्रो बाको मृत्यु पश्चात, परिवारमा गुजाराको समेत संकट परेको अवस्थामा आन्टी पेजले करुणाले भरिएर हाम्रो आमालाई उहाँले चलाईरहनुभएको संस्थामा नोकरी दिनुभयो। त्यतिले पनि चारजना लालाबालालाई मुखमा माड़ लाउन गाह्रो परेको देखेर संस्था परिसर भित्रै एउटा कोठा उपलब्ध गराइदिएर थप होलो गराइदिनुभयो। म १५ वर्षको थिएँ अनि भाइहरु ८, ६ र ४ वर्षका। त्यो एउटा सानो कोठामा पाँचजनाको परिवारलाई बस्न, पकाउन र खान अवश्य नै धेरै कठिन थियो। यसैले गर्दा धेरै जसो समय म होस्टेल परिसरमा त्यहाँका दाजु-भाइहरु संग नै बिताउँने गर्थें। यो समस्यालाई बुझेर आन्टीले मलाई साना केटाहरुको होस्टेलमा एउटा कोठा प्रयोग गर्दै उनीहरुको देखरेख गर्ने जिम्मेवारी दिनुभयो। 

यो कोठा प्रयोग गरे वापत मैले त्यहाँ बस्ने दृष्टिविहिन दाजु-दिदीहरुलाई, उहाँहरुको लिपिमा उपलब्ध नभएका पुस्तकहरूबाट पढिदिएर उहाँहरुको अध्ययनमा सहयोग पनि गर्नुपर्थ्यो। यो जिम्मेवारी त मेरो लागि ठुलो व्यक्तिगत फाइदाको विषय पो साबित हुन पुग्यो। किनकि स्कूलमा मलाई सबै भन्दा कठिन विषय नै अंग्रेजी थियो। तर जब म कनिकुथी भएपनि पढ़ीदिन्थें, त्यहाँ दाजुहरुले मेरो उच्चारण र अरु गल्तिहरुलाई, कुनै खिसी-ट्युरी नगरिकन, बड़ो धैर्य साथ मलाई सच्याउँदै सिकाउनुहुन्थ्यो। यसरी सिकाएर मलाई जीवन भरीको गुण लगाउने सर् तथा दाजुहरु मध्ये इर्शाद, इम्तियाज र कृष्ण दाजुहरु मेरो निम्ति ठूलो कृतज्ञताको पात्रहरु हुनुहुन्छ। मेरो गलत अनि खुट्याउन नसकिने शब्दोच्चारणले यी दाजुहरुको अध्ययन एकाग्रतामा कति बाधा ल्याउँदो हो, तर यसप्रति क्रिपापूर्ण धैर्य धारण गर्दै मलाई धेरै आवश्यक कुराहरु सिक्न पाउने अवसर दिनुभएकोमा यी दाजुहरुप्रती म जीवनभरि नतमस्तक रहनेछु। उहाँहरुको संगत पाएर, म स्कूलमा अंग्रेजीमा साह्रै कम्जोर विद्यार्थी, कलेजमा पुगेर त त्यहि विषयमा राम्रो दखल भएको विद्यार्थीमा गनिन पुगें। 

आन्टी पेजले लाउनुभएका गुणहरुमा टाइपराइटर चलाउन सिकाउन पनि एउटा अति उपयोगी सीप साबित भएकोछ। त्यहाँ रहेका ससाना दृष्टिविहीन भाइ-बहिनीहरुले आ-आफ्ना स्पोंसरहरुलाई चिट्ठीमा भन्न चाहेका कुराहरु अंग्रेजीमा अनुवाद गरेर टाइप गर्ने अविभारा आन्टीले मलाई दिनुभयो।  यो कार्यले मलाई अंग्रेजी र टाइप दुवैको व्यवहारिक सीप सिकाईमा महत्वपूर्ण सहयोग गरेकोछ। आन्टी आफैं चाहिं केवल दुइटा चोरी औंला मात्र प्रयोग गरेर फररर टाइप गर्नुहुन्थ्यो, तर मलाई भने ट्वाक्सिङ्ग ठोकी-ठोकी भए पनि दशै औंलाको प्रयोग गरेर टाइप गर्न सिकाउनुभयो। उपरोक्त व्यवहारले यहि प्रमाण गर्यो कि मप्रति उहाँको प्रेम खाँट्टी साँचो थियो, देखावटी र पुल्पुल्याउने खालको होइन। मेरो बृहत्तर भलाईको लागि उहाँले कडा अनुशासनमा राख्नुभयो, मैले गलत काम गर्दा कठोर दण्ड दिनुभयो। तर त्यस्तो अनुशसनपरक दण्डले मेरो जीवनभरिको निम्ति त्यस्तो गलत काम प्रति नै घृणा जगाएर धेरै अपराधहरुबाट जोगाएकोछ। 

हाम्रो परिवारप्रति आन्टी पेजले गर्नुभएको सहयोगको सूची त धेरै लामो छ। ति मध्ये कति त सम्झनाबाट पनि बिलाइसके होलान्। सम्झनामा रहेकाहरु मध्ये बाट केहि मुख्य मात्र यहाँ टिपोट गरिएका छन्। उपरोक्त बाहेक पनि उहाँले हामीमाथि लगाउनुभएका अरु केहि गुणहरु यहाँ सम्झना गर्न नै पर्छ:

  • मेरो कलेजको सम्पूर्ण आर्थिक भार लिनलाई स्पोन्सर खोजिदिनु भयो;
  • कलिलै उमेरमै पति गुमाउनु भएकी हाम्री आमालाई अर्को सहयोगी पुरुषलाई पति स्विकार्न उत्साहित गर्नुभयो;
  • अवकाश पछिको बासको निम्ति आमाले घर बनाउने इच्छा गर्नुहुँदा  आन्टीले व्याज बिनाको ऋण प्रदान गर्नुभयो, जुन तिर्नलाई मैले मासिक ५०० रुपैयाँ मात्र छुट्याउन सक्छु भन्दा उहाँले केहि  अनाकानी नगरी, वर्षौंको म्याद स्विकार्नु भयो। सन् १९८३ तिरको जागिरबाट मासिक ५०० रुपैयाँ छुट्याउनु भनेको त निकै ठूलै रकम पो मानिन्थ्यो। 

बगान सर

भवितव्यले जन्मथलो छोडेर मुंगलान छिरेपछिको चरम अभाव र गरिबीको पिडाबाट भएर गुज्रिने क्रममा कालेबुंग मिसन कम्पाउण्डसंग जोडिएको, स्वीट बोजुको बारीमा हाम्रो पाँचौ पडाव थियो। संगै छिमेकमा मिसन कम्पाउण्डमा बगान सरको घर थियो। सरको माइलो छोरो ओङ्गे र म एकै कक्षाका सहपाठी थियौं। एकदिन म घरको पेटीमा बसेर अंग्रेजीको पाठ पढ्दै थिएँ अनि बगान सर छेउछाउ मै टहलिँदै हुनुहुन्थ्यो। मैले “अगेनेस्ट” को उच्चारण वारम्बार गरिरहेको सुनेर उहाँले मलाइ सच्याउँदै सिकाउनुभयो कि यसको सही उच्चारण “अगेन्स्ट” हो। अझ प्रष्ट पार्नलाई त्यो शब्दमा n पछि e नभएको पनि औंल्याउनुभयो। बगान सरबाटको यो एउटा सहयोग मैले कहिल्यै बिर्सन सक्तिन। मेरो निम्ति अंग्रेजी चाहिं साह्रै कठीन विषय थियो। अरु सबै विषयमा घरमा बाले सहयोग गर्नुहुन्थ्यो, तर अंग्रेजी भने उहाँले नपढेको विधा पर्यो। यहि कठिनाईले गर्दा प्राइमरी स्कूलमा मैले सजाय पाएको नै केवल अंग्रेजी गुरुआमाको बाट मात्रै हो। नंगको फेदमा काठको स्केलको धारले हान्दा परेको चोट भन्दा पनि मैले जान्न पर्ने कुरो जान्न असमर्थ भएँ भन्ने कुराले मलाइ बढी पिढा दिन्थ्यो। यस्तो अवस्थामा बगान सरको त्यो एउटा सहयोग पनि मेरो लागी  अती बहुमुल्य सावित हुन पुग्यो। सरलाई धेरै धेरै धन्यवाद छ।    

मावली हजूरबा 

म मावलमा नै जन्मिएर ६ वर्षको हुँदा सम्म त्यहीं हुर्किएको रहेछु। हाम्रो मावल बुधसिंगको ढोडमा हो। जिल्ला चाहिं कहिले धादिंग त कहिले नुवाकोटमा पर्यो। हालसालको सरकारी खटनमा यो ठाउँ नुवाकोट जिल्लाको तारकेश्वर गाउंपालिका-४ मा पर्दछ। त्यहाँ रहंदा सम्मका एकदमै थोरै कुराहरु मात्रै सम्झनामा छन्। मलाई नै सम्झनामा नभए पनि पछि आमा तथा मामाहरुले भन्नुभए अनुसार, हामी मुङ्गलान पलायन हुन अघि नै, हाम्रा हजुरबाले म र उस्तै उमेरका मेरा दाजु-भाइलाई नेपाली अक्षर र अङ्क पढन र लेख्न सिकाइसक्नु भएको रहेछ। यो सिकाइको कारणले, मैले ७ वर्षको भएपछी मात्रै कलेबुङ्गमा स्कूल भर्ना भए पनि अरु सहपाठी भन्दा सजिलो सित राम्रो नतिजा हासिल गर्न सकें। यसको श्रेय सधैं नै हाम्रो हजूरबालाई जान्छ। 

हाम्रो साइँलो भाइ 

परिवारमा हामी चार भाइ छौं भन्ने कुरा मैले पहिले नै जनाई सकेकोछु। म र माइलो भाइमा ७ वर्षको फरक छ, त्यसपछिका भाइहरुमा २-२ वर्षको अन्तर रहेकोछ। म पन्ध्रौँ वर्षमा छँदा बा बित्नुभयो। बाले होश गुमाउनु अघी मलाइ दिनुभएको अन्तिम आदेश थियो – “आमाको वास्था गर्नु अनि भाइहरुलाई पढाउनु“। मृत्यु हुँदै गरेको प्रियजनले दिएको अन्तिम आदेश स्वाभाविक रुपमा नै भावनात्मक गहनताका साथ महत्वपूर्ण भएर मनमा गड्दोरहेछ। यसैले यो कुरालाई आफ्नो हविगतले भ्याए सम्म पूरा गर्न प्राथमिकता साथ लागिरहेकोछु। 

यति हुँदा हुँदै पनि, हाम्रो साइँलो भाइले, आइपरेको कठीन परीक्षाको घडीमा, मेरो सल्लाह तथा उसले प्राप्त गरेको नैतिक अनि धार्मिक शिक्षाको नितान्त विपरित गएर, सांसारिक सम्पत्ति र भौतिकतालाई प्राथमिकता दिने सम्बन्धहरुको बाटो रोजेर हिंड्यो। आफूले सानैदेखि प्राप्त गरेको शिक्षाको ठीक उल्टो कित्तामा उभिएर, उसलाई अती माया र विश्वास गर्ने व्यक्तिलाई नै निकृष्ट अइमान्दारीपनामा लूट, ठगी र धोका गर्न पुग्यो। ठूलो परिवार भएको उसको पत्नीको, सम्पति र शानमा, सबै आफन्त भन्दा माथि देखिने आकांक्षा र होडबाजीको कारणले उ पहिले देखि नै तनावमा थियो। यो पछिल्लो अवस्थामा, उ आफैं कार्यालयमा नभएको बेलामा घटेको घटनालाई उसको पत्नीले आफ्नै रंग दिएर प्रस्तुत गर्दा, उसको तनाव यति धेरै भयो कि सही र गलत कुरालाई उसले खुट्याउनै सकेन। 

नहुनुं गल्ती भईसकेको थियो, तर फर्केर आयो भने सबैको सहयोगले यसलाई सच्याउन सकिने आशा अझै मरेको थिएन। तर भाइले फर्केर आउने र गल्ती सच्याउने इच्छा पटक्कै गरेन। यहाँ सम्म त हामी सबैको निम्ति यो एक दु:खदायी घटना भन्ने थियो। तर केहि समय पछि मलाई अपर्झटको ठूलो चोट तब लाग्यो जब यो सुनें कि यी सबै घटनाको कारक चाहिं मलाई नै बनाएर, सो कुरा सबै आफन्त र समाजलाई भनिंदैरहेछ। 

यो पंक्तिमा मैले भाइको बुराई वखान गर्न चाहेको पटक्कै होइन। तर यो घटनाद्वारा मैले जीवनमा एउटा महत्वपूर्ण शिक्षा प्राप्त गरेको छु भन्ने कुरा प्रस्तुत गर्दैछु। पढ़ेर सिकेको भन्दा परेर (भोगेर) सिकेको चाहिं पक्का र दरिलो शिक्षा हुँदो रहेछ। पिताको जिम्मेवारी वहन गर्दै, आफूले बुझेसम्मको नैतिक र धार्मिक शिक्षा दिंदै, औंला समाएर सबै भलाई कामना गर्दै हुर्काएको यो भाइले समेत, भौतिक अती-महत्वाकांक्षी पत्नीको झूठो कुराहरुको आधार मानेर, प्रष्ट देखिने सत्यता प्रति अन्धो भएर, विवेकहीन बाटो जान सक्दोरहेछ। हामी चारै भाइहरुले उही बा, आमा र गुरुजनबाट, उही स्कुल, समाज र छिमेकमा बराबर अर्ती र शिक्षा पायौं।  तर सबै अर्ती र शिक्षालाई गलत संगत र तनावपूर्ण व्यवहारले बेकम्मा पारिदिँदोरहेछ। यहि कुराहरु मैले साइँला भाइको यो व्यवहारबाट सिकेकोछु। मैले उसलाई दोष्याइरहेको छैन तर उसले गरेको व्यवहार ठिक हो भनेको पनि होइन। मप्रति उसले गरेको खराबी र चोट पार्ने कामलाई मैले, इश्वरको कृपामा उहिले नै क्षमा गरिसकेकोछु, अनि कुनै दिन फर्केर आउँछ भन्ने आशा पालेर पर्खिरहेकोछु। जीवनमा यस्तो संवेदनशील व्यवहारिक शिक्षा प्राप्त गर्न सहयोग गरेको निम्ति भाइलाई मेरो धेरै धन्यवाद छ। 

सम्पूर्ण समाज 

समाजका हरेक तप्का तथा कन्दराका प्रत्येक व्यक्तिबाट, प्रत्यक्ष वा परोक्ष रुपमा, मैले सहयोग पाएको प्रष्ट देख्दछु। सकारात्मक र प्रेमको व्यवहार गर्नेहरु बाट मात्र होइन तर नकारात्मक र निकृष्ट कटुताको अगुल्टो झोस्नेहरुबाट पनि मैले धेरै जीवनोपयोगी शिक्षा र तालिम प्राप्त गरेकोछु। सबैको सूची बनाउन नसके पनि, ती सबै मेरो कृतज्ञताका पात्रहरु हुन्। 

आस्थाको दासता

In Nepalese Language

हामीलाई अरु कसैबाट दिइएको वा आफैंले लिईएको ज्ञान कि अनुभवको आधारमा हाम्रो सोचको आकार, प्रकार र दायरा बनिंदै गएको बुझिन्छ। यस्तै सोचहरुको खात लाग्दै जाँदा हाम्रा विचार, धारणा र मान्यताहरुले शिला रुप लिंदै, दरिलो विश्वास र आस्थामा परिणत हुने रहेछन। यहाँ सम्म त आपत्तिजनक केही लाग्दैन किनकी मान्छेले आफ्नो र अरुको अनुभवबाट सिक्ने ढोका खुला राखेकोछ। तर जब कोही मान्छे आफ्नै आर्जित ज्ञानको भारीलाई धेरै ठूलो ठान्ने दम्भमा, सिक्ने ढोका बन्दै गरेर, मेरो ज्ञानको विकल्प नै छैन भन्ने मान्यता बोकेर व्यवहार गर्न थाल्दछ, तब समाजमा आस्थाको द्वन्द चर्केको देखिन्छ। 

सत्य र त्यसको ज्ञानलाई कुनै परिधीले सीमित गर्न सक्दैन। तर आफूले हासिल गरेको ज्ञान नै पूर्ण सत्य हो भन्ने भ्रमित तथा  दम्भपूर्ण सोचले गर्दा दृष्टी हराएको मानिसले, आफ्नो मुट्ठीभर ज्ञानले असीमित सत्यलाई पूरै कैद गरेको आभास, व्यवहारमा देखाइरहेको पाइन्छ। यसो गर्दा मानिस आफ्नै आस्थाको दासत्वमा परिसकेको उसलाई हेक्का नै हुँदैन। जीवनका भौतिक तथा दृष्य दासताहरुको हामी झट्टै विरोध गर्दछौं। आफू भन्दा धेरै ठूलो शक्तिको दासत्वमा रहन बाध्य हुनेहरुले कुनै प्रष्ट विरोध प्रदर्षण गर्न नसके पनी, उनीहरुको सोचले अविराम विरोध गरिरहेकै हुन्छ, किनकि स्वभावत: मानिस स्वतन्त्र प्राणी हो। तर जब कुनै मानिस आफ्नो आर्जित ज्ञानको थाकलाई चट्टान रुपी आस्थामा परिणत गर्छ, त्यस्तो आस्थाको दासताको ऊ विरोध गर्ने सोच्दै सोच्दैन, किनकि दासतामा छु भन्ने कुरा उसलाई थाहै हुँदैन। आफू बसिरहेको हाँगालाई नै रुखबाट अलग हुनेगरी काटिरहेको कवी कालीदासको दृष्टान्त यहाँ सान्दर्भिक बन्दछ। दार्शनिक प्रवृत्तिका र आफूले संभाल्न नसक्नेगरी ज्ञान आर्जन गरेका व्यक्तिहरुले यस्तो आचरण दर्शाउनु स्वाभाविक नै हो, किनकी उनीहरुको सोच सामान्य धरातल देखि कताकता माथि उडिरहेको हुन्छ। 

यहाँ आस्थाको दासत्व र आस्थाको बन्दी बीच तात्विक फरक रहेको बुझ्नु आवश्यक बन्न जान्छ। हाम्रो समाजमा सामाजिक तथा राजनैतिक परिवर्तनको लहर चल्दा, शक्तिशालीले आफू भन्दा पृथक आस्थाको प्रवर्धन गर्नेहरुलाई सामाजिक वहिष्कार वा न्यायिक प्रावधानमा सामान्य नागरिक हकबाट बन्चित गराइनुलाई आस्थाको बन्दी बनाइएको बुझिन्छ। यो व्यक्ति-बाहिरबाट अरुले जबरजस्ती थोपर्ने कुरा भयो। तर आस्थाको दासत्वमा चाहिँ, व्यक्ति आफैंले आर्जन गरेको ज्ञान र सोचले, आफैं भित्र प्रतिपादित आस्थाले उसको चाहनालाई नै वशमा पारेर, आफ्नै विचारको अदृश्य बन्धनमा जकडिएको हुन्छ। म बन्धनमा छु भन्ने कुरा उसलाई थाहा नै हुँदैन। उसले अरु कसैको विचारमा कुनै सारतत्व नै देख्नसक्दैन। 

समसामयिक समाजमा बढदो संख्यामा देखिंदै आएका अतिवादी कार्यहरु यस्तै आस्थाको दासताले ग्रसित व्यक्तिहरुको लंगडो दर्शन र विनासकारी कार्ययोजनाका प्रतिफल हुन्। यसो भन्दै गर्दा ठूला-ठूला र डरलाग्दा आतंककारी घटनाहरुलाई यो विचार संग जोडेर हेर्दै, हामी सर्वसाधारणको लागी यो विचारले केही अर्थ राख्दैन भन्नु सजिलो लाग्ला, तर त्यसो पटक्कै होइन। त्यस्ता आतंककारी धारणा र कार्यको त सभ्यता रुचाउने समाजले स्वत: वहिष्कार गरि नै हाल्छन। यो प्रस्तुतीको उदेश्य त उपरोक्त भन्दा फरक ढाँचाको, तर थाहै नदिई, हाम्रो दैनिकीमा, आफ्नै आस्थाको दासताको कारण, सुटुक्क घुसाउने अतिवादी कार्यहरुको केही नमुना उजागर गर्नु हो। औंल्याइएका सिमित क्षेत्रहरुमा पाठकका दृष्टी पुग्नसके, अरु थप क्षेत्रहरु र तिनमा हुनसक्ने सुधारका कामहरु त स्वत: खुल्दै जानेछन। 

आफैंलाई नियाल्दै शुरुवात गर्दा असल होला। विभिन्न कुराहरुमा वा विधाहरुमा हाम्रो आफ्नै सोच, मान्यता, आस्था, विश्वास, कत्तिको खुकुलो छ? हामी सुन्नेहरु हौँ कि सुनाउनेहरु हौँ? अरुले प्रस्तुत गरेको विचारमा हामीले स्वागतयोग्य नयाँ बुँदा भेट्टाएको कति दिन वा हप्ता वा महिना वा वर्ष भयो? कुनै नयाँ भाइ वा बहिनीले प्रस्तुत हरेको गीत पछिल्लो पल्ट कहिले मन परेको थियो? बिहान कुन भाव बोकेर निन्द्राबाट बिउँझनुहुन्छ? आज विद्यार्थीहरुको अगाडी उभिंदा, उनीहरुको जिज्ञाशा जान्न चाहनुहुन्छ कि उनीहरुलाई सिकाउन चाहनुहुन्छ? आफ्नै बारेमा यस्ता प्रश्नहरुको सूची धेरै लामो बन्न सक्छ। सारांशमा, हरेक अवस्थामा तपाईंमा केही नयाँ र असल सिक्ने तृष्णा जाग्ने गरेको छ कि छैन? कि भेटेजती सबैलाई सिकाउन मात्र उद्दत हुनुहुन्छ?

यस्तै प्रकृतीका सोचद्वारा खुट्याउन सकिन्छ कि हामी आफूले अङ्गिकार गरेको आस्थालाई निखार्दै, सत्यको सामिप्यमा अघी बढदै छौं कि, अथवा त्यसको विपरित, आफ्नो आस्था सिद्ध छ र त्यसमा परिमार्जनको कुनै सम्भावना नै छैन भन्ने अडानमा बाँचिरहेकाछौं। हामी भित्रको आस्था हाम्रो सहयोगी हो कि हामी आफूले बोकेको आस्थाको संचालनमा रहेर त्यसैको दासतामा बाँचिरहेकाछौं? 

आस्थाको दासत्वमा रहेको व्यक्तिमा मौलाएको अतिवादको शिकार बन्नेमा आफ्नै परिवार र समाजका विभिन्न समूह पनि पर्दछन। परिवारजन कसैको कुरामा केही महत्व नदेख्ने, उनीहरुको कुरा सुन्नै नचाहने र आफ्नै कुराले मात्र जित्न चाहने व्यक्तिले कलह मात्र जन्माउँछ। पेशा-समूहमा अनि सामाजिक, धार्मिक समूहमा पनि यो प्रवृत्तीले यस्तै काम गरिरहेकै हुन्छ। 

हामी कसैले पनि सबै सत्य छिचोलीसकेका छैनौं, धेरै कुरा अझै सिक्न बाँकी छ भन्ने मनस्थिती बोकेर, अरुका कुरा सुनेर, केही सिक्ने खोजीमा रहिरह्यौं भने हाम्रो व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन अवश्य नै सहज र सुन्दर बन्नेछ।  

कृतिले कर्ता छिचोलेको भ्रम

(In Nepalese Language)

कृतिले कर्ता छिचोलेको दिन 

सृजनाले सर्जक उछिनेको दिन 

माटोले कुमालेलाई उधिनेको दिन 

चन्द्रले सूर्यलाई लुकाइदिएको दिन 

मध्यदिनको ग्रहणको दिन – कालो दिन 

उज्यालो माथि विजय हासिल गरेको भ्रम भएको दिन 

होइन होइन म पनि कस्तो झुक्किएछु 

भ्रमले गाँजेछ, दिगभ्रमित भएछु 

कालोलाई कसरी भन्नु दिन – त्यो त रात 

निष्पट अन्धकारको समय – रात 

आफ्नै काया देख्न नसकिने अँध्यारो रात 

भ्रमित ज्ञानको घमण्डमा मूर्ख बनेको रात 

आफ्नो भ्रमित अवस्थाको हेक्का नभएको रात 

निशालाई दिप्तीको नामले पुकारेको रात 

तर एउटा सानो जुनकिरीले विशाल अन्धकार चिरिदिन्छ 

कुनै क्षणिक ग्रहणले सूर्यको शक्तिलाई झुठलाउन सक्तैन

उज्यालोले अँध्यारोलाई खेदन पर्दैन, आफैं पलायन हुन्छ 

माटोले कुमालेलाई उधिनेको रात 

सृजनाले सर्जक उछिनेको रात 

कृतिले कर्ता छिचोलेको रात 

मानवले ईश्वरको विश्लेषण गरेको रात

आशा गरौँ बिहानीको मिरमिरेमा रात हराउँछ 

न्यानो उज्यालोले दृष्टी छर्लंङ्ग गराउँछ 

अध्यारोको भ्रम हटेर उज्यालोको सत्य आउँछ

तब आनन्दको उत्सवसंगै आउँछ – 

माटोले कुमालेको शरण परेको दिन

सृजनाले सर्जकको इज्जत बढाएको दिन

कृतिले कर्ताको प्रशंसा उचालेको दिन

मानवले ईश्वरको आराधना गरेको दिन

Ageing Privilege

This moment is already history even while I am writing this and I have no option button to choose from. It is a milk spilt and we have a general tendency to cry over it, as the old saying is established in it’s negative footing. But here I am to share something contrary to the general impression about the pain of ageing, which was impressed upon, at least to me, by our society and social norms.

I have been exploring and inventing the privileges of ageing and I am enjoying it fully within my grasp, to the best of my understanding. The pleasant surprise of every passing day for me is that the inventory of these privileges are growing and the horizon of enjoyment is expanding all around. I feel I am getting younger everyday and even getting surprising guts to do away with any inhibition to throw tantrums around and not care about what others will say about it. Least bothered about hypocritical etiquette and in “who cares” mode.

This has made me look back and realize what true wealth of life I had missed inadvertently, by chasing the temporal wealth and making futile efforts to grab it in exchange for the irreversible moments of life, which is now a history. Bygone is bygone, no regret about it. Rather I am happy that such time of training was available to me to learn the precious lessons of life. Only that the training time, in my view, was too long, proving my long held conviction that I am a slow but steady learner.

I find mathematical principles working prominently in ageing. Some aspects of life like, experience, carefree and easygoing attitude, instances of medical ailments and care, tantrums, etc. are seen to be directly proportional to it. On the other hand, things like, mobility, physical strength and speed, appetite, digestibility, memory power, immunity to seasonal changes, and such likes are inversely proportional to ageing.

Ageing may be understood differently by every individual. Technically, everybody is ageing moment by moment, day by day, year by year. We are one day older than yesterday. But the ageing I have in mind at this time, especially considering the enjoyable privileges attached with it, is the time when I got myself untangled from the 9 to 5 compulsory job engagement. When I got free from the long held one track routine, I found myself more constructive and innovative in thoughts processing. This gave me opportunities to see things differently in a wider perspective, and I have been immensely enjoying grabbing those opportunities. These golden moments of beautiful thoughts are so much in number, that I fail to get hold of them. A huge portion of them slip by because I am short of required capacity to embrace them in my fold.

With the above introductory background of ageing, it will be injustice from my part to put my pen (keyboard) down without spelling out any example of privilege associated with it. Well, there are many of them. But here I just want to whisper one of them, which I see as the prominent one and thus enjoy scrupulously. Privilege numero uno of ageing – You have reasons to readily accept what you cherish. Corollary, you can easily reject the things you detest. In other words, it becomes very easy to find meaning of the book titled: Do Not Say Yes When You Want To Say No. (Herbert Fensterheim)